नीति तथा कार्यक्रममा ज्यान छ, जीवन छैन : योगेश भट्टराई
शुक्रबार, ०५ जेठ २०८०, १९ : १८
काठमाडौँ । नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले नीति तथा कार्यक्रमलाई ज्यान भएको जीवन नभएको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै भट्टराईले कुनै सपना नभएको नीति तथा कार्यक्रम भएको बताए ।
नीति तथा कार्यक्रममा भएभरका सबै कुरा भएपनि केही नभए जस्तो भएको भट्टराईले बताए ।
‘यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको आयो । यसमा कुनै सपना छैन । त्यसमा जोस,जँगार छैन’ भट्टराईले भने, ‘आजका जुन तमाम समस्या भोगी रहेका छौं । समस्या समाधान गर्न कुनै ठोस उपयाएहरु छैनन् । भएभरका सबै कुरा छैन केही छैनन् ।’
अहिलेको आर्थिक,सामाजिक र व्यवस्थामाथिको चुनौतीको निकास दिन कुनै कार्यक्रम नभएको भट्टराईले बताए । सरकारले भ्रष्टाचार र सुशासनका विषयमा कुनै ठोस कार्यक्रम नआएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण