मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममा ज्यान छ, जीवन छैन : योगेश भट्टराई

शुक्रबार, ०५ जेठ २०८०, १९ : १८
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले नीति तथा कार्यक्रमलाई ज्यान भएको जीवन नभएको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै भट्टराईले कुनै सपना नभएको नीति तथा कार्यक्रम  भएको बताए । 

नीति तथा कार्यक्रममा भएभरका सबै कुरा भएपनि केही नभए जस्तो भएको भट्टराईले बताए ।

‘यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको आयो । यसमा कुनै सपना छैन । त्यसमा जोस,जँगार छैन’ भट्टराईले भने, ‘आजका जुन तमाम समस्या भोगी रहेका छौं । समस्या समाधान गर्न कुनै ठोस उपयाएहरु छैनन् । भएभरका सबै कुरा छैन केही छैनन् ।’

अहिलेको आर्थिक,सामाजिक र व्यवस्थामाथिको चुनौतीको निकास दिन कुनै कार्यक्रम नभएको भट्टराईले बताए । सरकारले भ्रष्टाचार र सुशासनका विषयमा कुनै ठोस कार्यक्रम नआएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप