गजल
तिमी कहिले घृणा स्वीकार गर्छौँ
शनिबार, ०६ जेठ २०८०, १० : १६
जिस्किएरै तिमी गल्ती लाख हजार गर्छौ
भर नै छैन, तिमी कहिले घृणा स्वीकार गर्छौ
उड्यो मन उड्यो, त्यसै देखे तिम्रो सुन्दरता
फूललाई पनि सोधे, अहो कति सिँगार गर्छौ
चञ्चलता र नखराले मलाई बिमार गर्छौ
फेरि त्यही नटखटपनले उपचार गर्छौ
भेट्न मिल्न पल पल तिमी किन हतार गर्छौ
गल्ती गर्छौ बार बार अनि हाँस्दै सपार गर्छौ
तिम्रै मुहार हेरी हेरी शशी साभार गर्छिन्
हात समात्दा सँगै हिँड्न दिलमा सवार गर्छौ
दिरुम नपा–१५, विजयखर्क, खोटाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण