कविता
सोकेसको मान्छे
शनिबार, ०६ जेठ २०८०, १० : ३४
तिमी आफ्नो अस्मिताको
रक्षा गर्न नसक्ने कठपुतली भएका छौ
किनकि तिमी सोकेसको मान्छे हौ
अरूले बिकाएका मान्छे हौ
आफै बिक्न नसकेर
अरूको फेर समाएर
सिँढी चढेका मान्छे हौ
साँच्चै तिमी सोकेसको मान्छे हौ ।
अरूको विचारमा आफ्नो विचार
मिलाउँदै हिँड्ने
तिमी शकुनीको मान्छे हौ
अरूको राज्यसँग
आफ्नो राज्यको परिभाषा खोज्ने
तिमी दुर्योधनका मान्छे हौ
साँच्चै तिमी जनताको
भावना नबुझ्ने
केवल मृत घोषित हुन बाँकी रहेको
निर्जीव मान्छे हौ ।
मेरो देशको कानुन कस्तो
एउटै काण्डमा
कसैलाई हतकडी त
कसैलाई सलामी छ
मेरो देश चलाउने सरकार छुट्टै छ
देश दुख्दा सरकारलाई दुख्दैन
जनता डुब्दा सरकारलाई छुँदैन
यो सरकार मृत भइसकेको
एउटा अजीव
परजीवी जस्तो भएको छ
साँच्चै भन्दा मेरो सरकार
सोकेसभित्र रहेको छ ।
भोजपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण