एमाले सांसदलाई डा.युवराज खतिवडा र सुशील ज्ञवालीको अभिमुखीकरण प्रशिक्षण
काठमाडौँ । सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमबारे एमालेले आफ्ना सांसदहरुका लागि आभिमुखीकरण प्रशिक्षण कार्यक्रम राखेको छ । शनिवार संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा एमालेका सांसदहरुलाई पूर्व अर्थमन्त्री युवराज खतिवडा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्रशिक्षण दिएका छन् ।
उनीहरुले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको स्वरुप, त्यसमा रहेका कमजोरी तथा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले ध्यान दिनुपर्ने कुराहरु लगाएका बारेमा प्रशिक्षण दिएका छन् । शनिवार मध्यान्न १२ बजेदेखि सूरु भएको अभिमुखीकरण कार्यक्रममा सरकारको नीति तथा कार्यक्रममाथि संसदमा कसरी प्रभावकारी भूमिका खेल्ने लगायतका विषयमा छलफल भएको एमाले सांसद लिलानाथ श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
भोलिदेखि लगातार ४ दिनसम्म प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएकोले एमालेले त्यसका लागि तयारी थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण