शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सांसदलाई डा.युवराज खतिवडा र सुशील ज्ञवालीको अभिमुखीकरण प्रशिक्षण

शनिबार, ०६ जेठ २०८०, १३ : ४३
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमबारे एमालेले आफ्ना सांसदहरुका लागि आभिमुखीकरण प्रशिक्षण कार्यक्रम राखेको छ । शनिवार संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा एमालेका सांसदहरुलाई पूर्व अर्थमन्त्री युवराज खतिवडा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्रशिक्षण दिएका छन् । 

उनीहरुले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको स्वरुप, त्यसमा रहेका कमजोरी तथा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले ध्यान दिनुपर्ने कुराहरु लगाएका बारेमा प्रशिक्षण दिएका छन् ।  शनिवार मध्यान्न १२ बजेदेखि सूरु भएको अभिमुखीकरण कार्यक्रममा सरकारको नीति तथा कार्यक्रममाथि संसदमा कसरी प्रभावकारी भूमिका खेल्ने लगायतका विषयमा छलफल भएको एमाले सांसद लिलानाथ श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

भोलिदेखि लगातार ४ दिनसम्म प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएकोले एमालेले त्यसका लागि तयारी थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप