चीन जम्मू–कश्मीरमा हुने जी–२० बैठकमा सहभागी नहुने
बेइजिङ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले जम्मू–कश्मीरमा हुने जी–२० बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारले वाङ वेनबिनलाई प्रश्न गरेका थिए, ‘चीनले अर्को हप्ता भारत प्रशासित कश्मीरमा हुने जी–२० टुरिजम वर्किङ ग्रुपको बैठकलाई बहिष्कार गर्ने रिपोर्टहरू छन्, के विदेश मन्त्रालयले यसको पुष्टि गर्न सक्छ?’ जवाफमा वाङ वेनबिनले भने, ‘चीनले विवादित क्षेत्रमा हुने कुनै पनि प्रकारको जी–२० बैठकको कडा विरोध गर्दछ ।
चीनले यस बैठकमा भाग लिने छैन।’ जी-२० टुरिजम वर्किङ ग्रुपको बैठक मे २२ देखि श्रीनगरमा हुने तय भएको छ। यो समूहमा भारत बाहेक अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, युनाइटेड किंगडम, अमेरिका र युरोपियन युनियन रहेका छन् । ।
अगस्ट २०१९ मा जम्मू कश्मीरबाट धारा ३७० हटाएपछि जम्मू कश्मीरमा आयोजना हुने यो सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम हो। भारतले यस वर्ष जी-२० देशहरूको अध्यक्षता गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण