शरणार्थीको नाममा ठगी धन्दा : अनुसन्धान प्रतिवेदन आज बुझाउने प्रहरीको तयारी
काठमाडौँ । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाउनलेहरु विरुद्धको अनुसन्धान प्रहरीले पूरा गरेको छ । शनिबार सरकारी वकिलको रोहवरमा प्रहरीले पूर्व सांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाको बयान गरेको थियो ।
बयान पूरा भएसँगै अनुसन्धान अधिकृतहरूले राय लेखिरहेका छन् । आज कार्यालय समयमा राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरी काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित १६ जना प्रहरीको हिरासतमा छन् ।
अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार प्रहरीले ३ वटा कसुरमा सजाय गर्न मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिँदै छ । राष्ट्रहित प्रतिकुलको कसुर, ठगी र किर्ते सम्बन्धी कसुरमा अधिकतम सजाय हुनुपर्ने मागदावी लिएर अदालतमा मुद्दा लैजान राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले बताए ।
३ वटा कसुरसँगै ‘सङ्गठित अपराध’ र ‘एकीकृत कसुर’ बापत थप सजायको मागदावी गर्नुपर्ने प्रहरीको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण