सांसदले उठाए उखु किसानका पीडा : ‘सरकारले नगद बालीलाई उधारो बाली बनाइदियो’
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उखु किसानका समस्या उठाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले नगदे बालीको रूपमा रहेको उखुलाई उधारो बाली बनाएर किसानलाई रकम भुक्तानी नगरेको बताए ।
सांसद सिंहले भने– ‘हामी बच्चादेखि पढ्दै आएका थियौँ कि उखु नगदे बाली हो । तर हाम्रो सरकारले त्यसलाई उधारो बाली बनाइदिएको छ । किसानलाई समयमा मल, बिउ नदिने, सिँचाइको व्यवस्था नगर्ने सरकारले किसानले उत्पादन गरेको उखु उधारोमा खाइदिन्छ । जो उखु किसानको अहिलेसम्म भुक्तानी हुन सकेको छैन, असारदेखि धान बाली लगाउनुपर्छ, पैसा नहुँदा उनीहरुले कसरी धानबाली लगाउन सक्छन् ? किसानले मल बिउ कसरी किन्ने ? त्यसकारण उखु किसानको माग तत्काल समाधान होस्, सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
यस्तै सांसद अनिशा नेपालीले २०७१, २०७५ र २०७७ सालमा उखु किसानलाई उनीहरूको मूल्य दिने भनेर पटक–पटक सरकारले निर्णय गरेको तर आजसम्म सरकारले निर्णय गरेअनुसार किसानहरूले उखुको मूल्य नपाएको बताइन् । उखुको मूल्य नपाएर किसान माइतीघर मण्डलामा आन्दोलन गर्न बाध्य भइरहेको उल्लेख गर्दै सांसद नेपालीले प्रश्न गरिन– ‘यस्तो अवस्था कहिलेसम्म ? यो देश कसले चलाएको छ सरकारले कि बिचौलियाले ? सरकारले आफैले लिएको निर्णय किन लिन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण