देशमा धर्मलाई राजनीतिको दुनो सोझ्याउने हतियार बनाइँदैछ : केसी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य चित्र बहादुर केसीले छिमेकी देशका सत्ताधारी पार्टीका सङ्गठनहरूले नेपाललाई हिन्दु राष्ट्र बनाउन वकालत गर्दै हिँडेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै केसीले भने, ‘धर्म व्यक्तिको आस्थाको कुरा हो । केही दिन पहिले छिमेकका सत्ताधारी पार्टीका नजिकका सङ्गठनहरूले नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ । त्यस कारणले तपाईंहरूले हिन्दु राज्यको पक्षमा वकालत गर्नुपर्यो । हामीले चाहिएको आवश्यक मद्दत गर्न पनि सक्छौँ भन्ने किसिमको कुरा आयो । त्यो जानकारी अमेरिकन राजदूतावासबाट हामीलाई जानकारी भयो । नेपालमा एकातिर हिन्दु धर्मको नारा लाएर राजनीति रोटी सेकाउने । अर्कोतिर इसाई धर्मलाई हतियार बनाएर आफ्नो दुनो सोझ्याउने र बौद्ध धर्मलाई हतियार बनाएर आफ्नो राजनीति दुनो सोझ्याउने प्रवृत्ति नेपालमा देखापरेको छ । यो गम्भीर कुरा हो ।’ उनले देशमा धर्मलाई राजनीतिको दुनो सोझ्याउने हतियार बनाइएको भन्दै यसतर्फ सचेत गराए ।
प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालको विमानस्थलबाट बाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरे । उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमण गर्दै हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मीलाई हटाउनका लागि पहल गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण