शिल्पा मास्केले भनिन् : अर्को वर्ष बिहे गर्ने योजनामा छु
काठमाडौंँ । अभिनेत्री शिल्पा मास्केले आफूले अर्काे वर्ष विवाह गर्न सक्ने बताएकी छन् । रातोपाटीसँगको कुराकानीमा उनले यो वर्ष पुरै अभिनयमा फोकस गर्ने र अर्काे वर्ष विवाह गर्ने आफ्नो योजना रहेको बताएकी हुन् । रिल लाइफमा थुप्रै पुरुषको प्रेममा देखिएकी शिल्पाको रियल जीवनमा अहिलेसँग कोहीसँगको प्रेम बाहिर आएको छैन । ‘मेरो जीवनमा अहिलेसम्म सम वान स्पेसल छैन’, उनले भनिन् ‘प्रेममा हामी सबै जना छौ ।’
शिल्पा पछिल्लो समय फिल्म ‘परस्त्री’ को प्रचार प्रसारमा व्यस्त छिन् । यो फिल्ममा उनका लागि निकै महत्वपूर्ण छ किनभने अहिलेसम्मकै बोल्ड लुक्समा उनी यसमा देखिएकी छन् । फिल्मले आफ्नो करियरले उभो लाग्ने बताइन् ।
शिल्पाको यो वर्ष ‘परस्त्री’ को अलवा ‘देवी’ पनि रिलिज हुँदैछ । देवीमा भने उनले एक्सन भूमिका निर्वाह गरेकी छन् । अभिनयको अलावा शिल्पा रेस्टुरेन्ट व्यवसायमा पनि आबद्ध छिन् । ‘दोक्दसारा’ नामक उनको कोरियन रेस्टुरेन्ट कुपण्डोल हाइटमा छ । रेस्टुरेन्ट व्यवसाय विस्तार गर्ने योजना समेत उनको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण