युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सोमबार, ०८ जेठ २०८०, १५ : १८

बर्दिया । २४ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरनाथ नगरपालिका–६ का २४ वर्षीय विनोद परियार र नमराज परियार रहेका छन् ।
दुई जनाले आइतबार साँझ पीडित युवतीलाई घुम्न जाने प्रलोभन देखाई मध्यवर्ती सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका थिए ।
यसबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँबाट खटिएको प्रहरी टोलीले दुवै जानलाई सोमबार बिहान पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक : डा.वाग्ले
-
आत्मा र पुनर्जन्म हुन्छ ?
-
अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
-
नयाँ बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल
-
साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल
-
उपसभामुख राना बङ्गलादेश प्रस्थान