सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुतेर फोन प्रयोग गर्नु कति हानिकारक ?

सोमबार, ०८ जेठ २०८०, १५ : ३८
सोमबार, ०८ जेठ २०८०

हामीमध्ये धेरै यस्ता व्यक्तिहरू छौँ जो बेडमा सुतेर र राती सुत्नुअघि फोन हेर्छौँ । फोनको लत यति बढेको छ कि कतिपय फोनबिना सुत्न पनि सक्दैनन् । तर ओछ्यानमा सुतेर फोन हेर्नुका धेरै खतरा छन्, यसबारे तपाईंलाई थाहा हुनै पर्छ । 

फोनको प्रयोग यति बढेको छ कि मानिसहरू फोन बिना अहिले बाँच्न नसक्ने भएका छन् । मानिसहरू बिहान सबैभन्दा पहिला फोन चेक गर्छन् र सुत्नुअघिसम्म फोन हेरिरहन्छन् । हामी घन्टौँ घण्टा फोन स्क्रोल गरेर समय बिताउँछौँ ।  तर यसको खतराबारे थाहा पाउने मानिसहरू कमै होलान् ।

सुत्नुअघि ओछ्यान पल्टेर फोन नहेर्न सल्लाह दिइन्छ । यसले स्वास्थ्यसँग सम्बन्धित विभिन्न खतरा निम्तिन सक्छन् । जब हामी सुतेर फोन प्रयोग गर्छौँ, हाम्रा हातहरू लामो समयसम्म एउटै स्थितिमा रहन्छन् । समस्या यस्तो छ कि हाम्रो शरीर धेरै लामो समयसम्म त्यस्तो अप्ठ्यारो स्थितिमा बस्नका लागि बनेको हुँदैन । यस्तो अवस्थामा घण्टौँ बिताउँदा तपाईंको शरीरमा, विशेष गरी घाँटीमा तनाव हुन सक्छ ।

साथै, तपाईंले फोनको स्क्रिन हेर्नको लागि लामो समयसम्म आफ्नो घाँटी अगाडि झुकाउँदा पनि गर्धनमा समस्या हुनसक्छ, जसलाई सामान्यतया ‘टेक्स्ट नेक’ भनिन्छ ।

टाउको, घाँटी र मेरुदण्डमा सही कोण दिने सहायक तकिया प्रयोग गर्नुहोस् । 

आँखालाई तनाव

 जब तपाईं लामो समयसम्म फोन प्रयोग गर्नुहुन्छ, तपाईंको आँखाले उज्यालो स्क्रिन र वरपरको वातावरण बीचको कन्ट्रास्ट समायोजन गर्न सामान्य भन्दा कडा परिश्रम गर्नुपर्छ ।

बेडमा पल्टेर लामो समयसम्म फोन प्रयोग गर्नुको एउटा साधारण समस्या आँखाको थकान हो । यदि तपाईं अँध्यारोमा अबेरसम्म फोन प्रयोग गर्नुहुन्छ भने आँखामा सुख्खापन, चिलाउने, जलन, रातो हुनेजस्तो समस्या पनि हुनसक्छ । 

राती लामो समयसम्म फोन प्रयोग गर्ने बानी हटाउनका लागि निद्रामा सुधार गर्ने गतिविधिहरू छान्नुहोस् । यसमा मेडिटेसन र रिल्याक्सेसन समावेश छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप