सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भोलि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने

मङ्गलबार, ०९ जेठ २०८०, १७ : ५४
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । भोलि (बुधबार) संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने भएको छ । अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक कक्षमा संयुक्त बैठक बस्न लागेको हो । 

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन टेबल गर्ने कार्यसूची रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् । 

गत जेठ १ गते प्रतिनिधि सभाले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो । 

संयुक्त समितिहरु संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गरी दुई समिति सञ्चालनका लागि पनि छुट्टै नियमावली आवश्यक पर्ने हुन्छ । 

अघिल्लो संसद्को कार्यकालको नियमावली संशोधन गरेर पारित गरेपछि संयुक्त समिति गठन गर्ने योजना अनुसार सो नियमावलीको मस्यौदा बनाउनका लागि १६ सदस्यीय मस्यौदा समिति बनाइएको छ । सो मस्यौदा पारित भएपछि संयुक्त समिति गठन प्रक्रिया अघि बढ्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप