शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि सुरु

बुधबार, १० जेठ २०८०, ०८ : ०५
बुधबार, १० जेठ २०८०

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो ।

कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ः०० बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गरे ।

उक्त बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयको अधिवेशन आह्वानको पत्र प्राप्त भएबमोजिम कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम सबै सभा सदस्यलाई आजको बैठकका लागि जानकारी गराइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप