सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वकाे टोली बालुवाटारमा
बुधबार, १० जेठ २०८०, ११ : १६
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेको हो ।
सो क्रममा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर सो क्षेत्रको विकास र समृद्धिमा सहयोग गर्न आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षको बजेट आउन पाँच दिन बाँकी रहेका बेला मुख्यमन्त्री शाहको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुदूरपश्चिम प्रदेशका लागि बजेट सुनिश्चित गर्न आग्रह गरेका हुन् ।
यसअघि मंगलबार सो टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि भेटेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण