सुदूरपश्चिमका मुख्यमन्त्री शाह नेतृत्वकाे टोली बालुवाटारमा
बुधबार, १० जेठ २०८०, ११ : १६
-(1)_4RF8HzfTo7.jpg)
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेको हो ।
सो क्रममा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर सो क्षेत्रको विकास र समृद्धिमा सहयोग गर्न आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षको बजेट आउन पाँच दिन बाँकी रहेका बेला मुख्यमन्त्री शाहको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुदूरपश्चिम प्रदेशका लागि बजेट सुनिश्चित गर्न आग्रह गरेका हुन् ।
यसअघि मंगलबार सो टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि भेटेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
-
टायल्स उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
-
एनआरएनएको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?
-
बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ
-
प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने