संसद बैठक
बैठक मन्त्रीबिहीन भएपछि महेश बर्तौलाको नियमापत्ति, टुप्लुक्क आइपुगे मोदी
बुधबार, १० जेठ २०८०, १२ : १२
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश वर्तौलाले प्रतिनिधिसभाको बैठकमा मन्त्री नआएको भन्दै नियमापत्ति जनाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सचेतक बर्तौलाले प्रतिनिधि सभा बैठकको काम कारवाही आरम्भ हुँदा नियमावलीको नियम ६ को उपनियम ५ मा प्रतिनिधिसभाको बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ भन्ने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्री नदेखिएको हुँदा बैठक प्रक्रिया अघि बढ्ने र छलफल हुने कुरा अगाडि बढाउनु हुन्छ कि हुँदैन भन्दै नियमापत्ति जनाए ।
बर्तौलाले नियमापत्ति जनाएलगतै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सभाहलमा प्रवेश गरे । सभामुख देवराज घिमिरेले मन्त्री खाजा खान गएको र अहिले आइसकेकोले बैठक अघि बढ्ने जानकारी गराउँदै बैठकलाई निरन्तरता दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण