संसद बैठक
बैठक मन्त्रीबिहीन भएपछि महेश बर्तौलाको नियमापत्ति, टुप्लुक्क आइपुगे मोदी
बुधबार, १० जेठ २०८०, १२ : १२

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश वर्तौलाले प्रतिनिधिसभाको बैठकमा मन्त्री नआएको भन्दै नियमापत्ति जनाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सचेतक बर्तौलाले प्रतिनिधि सभा बैठकको काम कारवाही आरम्भ हुँदा नियमावलीको नियम ६ को उपनियम ५ मा प्रतिनिधिसभाको बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ भन्ने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्री नदेखिएको हुँदा बैठक प्रक्रिया अघि बढ्ने र छलफल हुने कुरा अगाडि बढाउनु हुन्छ कि हुँदैन भन्दै नियमापत्ति जनाए ।
बर्तौलाले नियमापत्ति जनाएलगतै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सभाहलमा प्रवेश गरे । सभामुख देवराज घिमिरेले मन्त्री खाजा खान गएको र अहिले आइसकेकोले बैठक अघि बढ्ने जानकारी गराउँदै बैठकलाई निरन्तरता दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात