मन्त्रीहरुले संसदमा दौरा सुरुवाल नलगाएको भन्दै आपत्ति

सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशका मन्त्रीहरुले नै दौरा सुरुवाल नलगाएको भन्दै आपत्ति जनाएका छन् । हेर्दा सानो कुरा भएपनि त्यसको पहिचान महत्वपुर्ण रहेको भन्दै सदन र क्याविनेटमा मन्त्रीले दौरा सुरुवाल लगाएर आउनुपर्ने उनको भनाई छ । बुधबार प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै शाहीले सुरुमा सदनबाट कुरा सुरु गरेका थिए । ‘कर्णालीको पहिचान दौरा सुरुवाल हो तर, मन्त्रीहरुले दौरा सुरुवाल लगाएको देखिएन,’ शाहीले भने,‘ सदन र क्याविनेटमा दौरा सुरुवाल लगाउनुपर्ने हो ।’
बैठकमा मुख्यमन्त्री र माओवादी मन्त्रीहरुले दौरा सुरुवाल लगाएका थिएनन् । उनले अगाडि भने,‘ मन्त्री ज्यूहरुलाई हेरेँ नीति, कार्यक्रम बनाउन हतार भएर होला, कपडा लगाएको पनि देखिँन, सुध्रिने हामीबाट होला नि !’ साथै शाहीले केही समय सदन नचल्दा संसद भवनभित्र फोहोर थूप्रिएको बताए ।
उनले सदन दलको हलजस्तो बनेको र त्यहाँ जाँदा खुट्टा ढाक्ने फोहोर टेबुलमाथि थुप्रिएको बताए । ‘त्यहाँ निराशा पैदा भयो, अनि त्यसपछि ट्वाईलेटतिर गएँ,’ उनले थपे,‘ त्यहाँ एक थोपा न पानी छ न केही, झ्यालमा माकुराको जालो थुप्रिएको देखियो । कतै हामी माकुराको जालोभित्र त परेनौँ भन्ने लाग्यो ।’ साथै बजेट अधिवेशनको पहिलो बैठकमा सचिवहरु उपस्थित नभएको प्रति पनि आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *