मन्त्रीहरुले संसदमा दौरा सुरुवाल नलगाएको भन्दै आपत्ति
सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशका मन्त्रीहरुले नै दौरा सुरुवाल नलगाएको भन्दै आपत्ति जनाएका छन् । हेर्दा सानो कुरा भएपनि त्यसको पहिचान महत्वपुर्ण रहेको भन्दै सदन र क्याविनेटमा मन्त्रीले दौरा सुरुवाल लगाएर आउनुपर्ने उनको भनाई छ । बुधबार प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै शाहीले सुरुमा सदनबाट कुरा सुरु गरेका थिए । ‘कर्णालीको पहिचान दौरा सुरुवाल हो तर, मन्त्रीहरुले दौरा सुरुवाल लगाएको देखिएन,’ शाहीले भने,‘ सदन र क्याविनेटमा दौरा सुरुवाल लगाउनुपर्ने हो ।’
बैठकमा मुख्यमन्त्री र माओवादी मन्त्रीहरुले दौरा सुरुवाल लगाएका थिएनन् । उनले अगाडि भने,‘ मन्त्री ज्यूहरुलाई हेरेँ नीति, कार्यक्रम बनाउन हतार भएर होला, कपडा लगाएको पनि देखिँन, सुध्रिने हामीबाट होला नि !’ साथै शाहीले केही समय सदन नचल्दा संसद भवनभित्र फोहोर थूप्रिएको बताए ।
उनले सदन दलको हलजस्तो बनेको र त्यहाँ जाँदा खुट्टा ढाक्ने फोहोर टेबुलमाथि थुप्रिएको बताए । ‘त्यहाँ निराशा पैदा भयो, अनि त्यसपछि ट्वाईलेटतिर गएँ,’ उनले थपे,‘ त्यहाँ एक थोपा न पानी छ न केही, झ्यालमा माकुराको जालो थुप्रिएको देखियो । कतै हामी माकुराको जालोभित्र त परेनौँ भन्ने लाग्यो ।’ साथै बजेट अधिवेशनको पहिलो बैठकमा सचिवहरु उपस्थित नभएको प्रति पनि आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण