बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिड्नीस्थित ७ तले भवनमा भीषण आगलागी

बिहीबार, ११ जेठ २०८०, १४ : ५२
बिहीबार, ११ जेठ २०८०

सिड्नी । अस्ट्रेलियाको सिड्नी सहरमा एक सात तले भवनमा आगलागी भएको छ । बिहीबार भएको आगलागीलाई नियन्त्रण गर्नका लागि १ सयभन्दा बढी अग्नि नियन्त्रकहरू खटिएका छन् ।

सो आगलागी अन्य भवनहरूमा पनि फैलिरहेको बताइएको छ । ‘भवन ढल्न थालेको छ । आगलागी छेउछाउका भवनहरूमा फैलिन थालेको छ,’ न्यु साउथ वेल्सको फायर एन्ड रेस्क्यू डिपार्टमेन्टले जनाएको छ ।

भिडियोमा आगलागी भइरहेको भवनको सबैभन्दा माथिल्लो तला खसेको देख्न सकिन्छ । त्यस्तै, अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण लिनका लागि प्रयासरत रहेको पनि देख्न सकिन्छ । घटनास्थलमा २० वटाभन्दा दमकल पनि पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप