सिड्नीस्थित ७ तले भवनमा भीषण आगलागी
बिहीबार, ११ जेठ २०८०, १४ : ५२
सिड्नी । अस्ट्रेलियाको सिड्नी सहरमा एक सात तले भवनमा आगलागी भएको छ । बिहीबार भएको आगलागीलाई नियन्त्रण गर्नका लागि १ सयभन्दा बढी अग्नि नियन्त्रकहरू खटिएका छन् ।
सो आगलागी अन्य भवनहरूमा पनि फैलिरहेको बताइएको छ । ‘भवन ढल्न थालेको छ । आगलागी छेउछाउका भवनहरूमा फैलिन थालेको छ,’ न्यु साउथ वेल्सको फायर एन्ड रेस्क्यू डिपार्टमेन्टले जनाएको छ ।
भिडियोमा आगलागी भइरहेको भवनको सबैभन्दा माथिल्लो तला खसेको देख्न सकिन्छ । त्यस्तै, अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण लिनका लागि प्रयासरत रहेको पनि देख्न सकिन्छ । घटनास्थलमा २० वटाभन्दा दमकल पनि पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण