शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान सुरु

शुक्रबार, १२ जेठ २०८०, १५ : १०
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । शुक्रवारदेखि काठमाडौँ जिल्ला अदालतमा बयान लिन शुरु भएको हो । आज पहिलो दिन केशव दुलाल र सागर राईको बयान हुने बताइएको छ । 

नेपालीहरूलाई नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । 

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ भन्दा बढी उठाएको आरोप छ ।

यो  प्रकरणमा १६ जना पक्राउ परेपनि १४ जना भने अझै फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप