पोप फ्रान्सिसलाई ज्वरो आएपछि.....
भ्याटिकन सिटी । पोप फ्रान्सिसलाई ज्वरो आएपछि उनको निर्देशनअनुसार शुक्रबार बिहानको उनको कार्यतालिका खाली गरिएको भ्याटिकनले पुष्टि गरेको छ । भ्याटिकनका प्रवक्ता माटेओ ब्रुनीले पोप फ्रान्सिसलाई स्वास्थ्यमा समस्या देखिएपछि उहाँ बिहानी कार्यक्रममा उपस्थित हुन नसकेको बताएका छन् ।
बिहानको कार्यक्रममा पोपले कोसँग भेट्ने अपेक्षा गरिएको भन्ने स्पष्ट नबताइकन उनको कार्यसूची शुक्रबार सार्वजनिक गरिएको थिएन । सास फेर्न गाह्रो भएपछि मार्चको अन्त्यमा फ्रान्सिसलाई रोमको अस्पतालमा भर्ना गरिएको थियो । तर छोटो उपचारपछि उहाँ नियमित काममा फर्किएका थिए ।
प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उहाँको उपचारमा संलग्न चिकित्सकहरूले श्वासप्रश्वासको सङ्क्रमण ‘ब्रोन्काइटिस’ भएको र एन्टिबायोटिक्स दिएर उपचार सुरु गरेको बताएका छन् ।
फ्रान्सिसलाई पछिल्लो एक वर्षमा स्वास्थ्य समस्याहरू बढेपछि जिम्मेवारीलाई लिएर व्यापक चिन्ता उत्पन्न गरेको छ । उनले आजीवन जागिरमा बस्नुको सट्टा सेवानिवृत्त हुन छनौट गर्न सक्ने अनुमानसमेत गरिएका छन् । फ्रान्सिसका पूर्ववर्ती बेनेडिक्ट सोह्रौँले पनि जीवनका पछिल्ला दिनहरूमा यही गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण