बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एमाले भ्रष्टाचारको छानबिन होला कि भनेर डरायो : राजेन्द्र श्रेष्ठ

शनिबार, १३ जेठ २०८०, १९ : १४
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले नेकपा एमाले भ्रष्टाचारको छानबिन होला कि भनेर डराएको आरोप लगाएका छन् । नेकपा एमालेले पशुपतिनाथको जलहरीबारे प्रश्न उठेपछि संसद् अवरुद्ध गरेको विषयप्रति लक्षित गर्दै श्रेष्ठले नेकपा एमालेको भ्रष्टाचारप्रतिको दृष्टिकोण उदाङ्गिएको बताएका हुन् । 

काठमाडौँ जिल्ला समन्वय समितिले शनिबार आयोजना गरेको चियापान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘यदि नेकपा एमाले भ्रष्टाचारविरुद्ध उभिने हो भने यसको जाँच गर्न तयार हुनपर्थ्यो । प्रमाण भेटियो भने सजाय भोग्न तयार छौँ भन्नुको साटो जाँच गर्ला कि भनेर संसद् अवरुद्ध गर्ने, बोलिएका कुरालाई रेकर्डबाट हटाउन लगाउने काम गर्‍यो ।’

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ३ दर्जन नेता कार्यकर्ता जसपा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप