मिटरब्याजीविरुद्ध पाँच दर्जन उजुरी

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा मिटरब्याजविरुद्ध ६० वटा उजुरी परेको छ । नेपाल सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याज पीडितले उक्त सङ्ख्यामा उजुरी दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मकवानपुर जिल्लाअन्तर्गत हेटौँडा उपमहानगरपालिका पीडितबाट २६, मकवानपुरगढी गाउँपालिकाका पीडितबाट छ, भीमफेदीका पीडितबाट १२ , कैलाश गाउँपालिकाका पीडितबाट तीन, इन्द्रसरोवर गाउँपालिकाका पीडितबाट तीन एवं मकवानपुर जिल्लासँग सम्बन्धित रहेको मुद्दा काठमाडौँका दुई र ललितपुरका एक जनाको उजुरी रहेको छ ।
मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको उनले जानकारी दिए । उजुरी दर्ता गर्ने समय जेठ १४ गते आइतबार (आज) सम्म रहेको र दर्ता अवधि सकेपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने सो कार्यालयको मुद्दा दर्ता शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वटै तहको सरकारबिच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा
-
नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की
-
राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन
-
मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार बन्दै तरबुजाखेती
-
राजेन्द्र लिङ्देन र कमल थापालाई दायाँबायाँ राखेर आन्दोलन घोषणा गर्न सफल भए नवराज सुवेदी