आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीमा आज पुनः राष्ट्रपतिको निर्वाचन, अर्दोआनले प्रतिद्वन्द्वी कमल कलचदारलुलाई हराउन सक्लान् ?

आइतबार, १४ जेठ २०८०, ०९ : ५२
आइतबार, १४ जेठ २०८०

नयाँ राष्ट्रपतिका लागि टर्कीमा आज दोस्रो चरणको मतदान हुँदै छ । पहिलो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति रेसेप तैयप अर्दोआन र उनका प्रतिद्वन्द्वी कमल कलचदारलुमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न सकेनन् । त्यसैले अहिले यी दुईबीच दोस्रो चरणको निर्वाचन हुँदै छ ।

टर्कीमा राष्ट्रपति बन्न ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ । यदि कुनै उम्मेदवारले यति धेरै मत पाएनन् भने दोस्रो चरणको मतदानको स्थिति रहन्छ । 

टर्कीमा राष्ट्रपति चुनावको पहिलो चरणमा अर्दोआनले ४९.५ प्रतिशत भोट पाएका थिए भने कमाल कलचदरालुले ४४.५ प्रतिशत भोट पाएका थिए ।

टर्कीमा अर्दोआन पछिल्लो २० वर्षदेखि सत्तामा छन् । टर्कीको इतिहासमा पहिलो पटक राष्ट्रपति छान्नका लागि दोस्रो चरणको मतदान गर्नुपरेको हो ।

रेचेप तैय्यप अर्दोआनले चुनाव जितेको खण्डमा टर्कीले एक नयाँ शताब्दी देख्ने बचन दिएका छन् ।

अर्दोआनले देशको थप विकास गर्ने र यसलाई बलियो बनाउने कुरामा उनका समर्थक ढुक्क छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप