टर्कीमा आज पुनः राष्ट्रपतिको निर्वाचन, अर्दोआनले प्रतिद्वन्द्वी कमल कलचदारलुलाई हराउन सक्लान् ?
नयाँ राष्ट्रपतिका लागि टर्कीमा आज दोस्रो चरणको मतदान हुँदै छ । पहिलो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति रेसेप तैयप अर्दोआन र उनका प्रतिद्वन्द्वी कमल कलचदारलुमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न सकेनन् । त्यसैले अहिले यी दुईबीच दोस्रो चरणको निर्वाचन हुँदै छ ।
टर्कीमा राष्ट्रपति बन्न ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ । यदि कुनै उम्मेदवारले यति धेरै मत पाएनन् भने दोस्रो चरणको मतदानको स्थिति रहन्छ ।
टर्कीमा राष्ट्रपति चुनावको पहिलो चरणमा अर्दोआनले ४९.५ प्रतिशत भोट पाएका थिए भने कमाल कलचदरालुले ४४.५ प्रतिशत भोट पाएका थिए ।
टर्कीमा अर्दोआन पछिल्लो २० वर्षदेखि सत्तामा छन् । टर्कीको इतिहासमा पहिलो पटक राष्ट्रपति छान्नका लागि दोस्रो चरणको मतदान गर्नुपरेको हो ।
रेचेप तैय्यप अर्दोआनले चुनाव जितेको खण्डमा टर्कीले एक नयाँ शताब्दी देख्ने बचन दिएका छन् ।
अर्दोआनले देशको थप विकास गर्ने र यसलाई बलियो बनाउने कुरामा उनका समर्थक ढुक्क छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण