जिल्ला अदालत काठमाडौँमा इन्द्रजित राईसहित ३ जनाको बयान
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुद्दा दायर भएकामध्ये आइतबार थप तीन जनाको बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा मुख्य अभियुक्त इन्द्रजित राईसहित सन्दीप रायमाझी र टंक कुमार गुरुङको बयान सुरु भएको हो ।
यसअघि शुक्रबार सागर राई र केशव प्रसाद दुलालको लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।
जसअनुसार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।
गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो ।
कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण