शरणार्थी प्रकरण : लक्ष्मी महर्जनको बयान सकियो
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी लक्ष्मी महर्जनको बयान सकिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुछिएकी महर्जनको आइतबार न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान भएको हो । आज मुख्य अभियुक्तमध्येका एक इन्द्रजित राईसहित तीन जनाको बयान हुने भनिएपनि राईले स्वास्थ्य ठीक नभएको भन्दै बयान दिन आनाकानी गरेपछि लक्ष्मीको बयान लिन लिइएको थियो ।
लक्ष्मीको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेसँगै उनी पक्राउ परेकी हुन् । लक्ष्मी नेपाल प्रहरी अस्पतालमा नर्सको रुपमा कार्यरत रहेको बताइएको छ । यसैबीच राईको आज बयान हुन सकेन । अब उनको मंगलबार मात्रै बयान हुनेछ । तर टंककुमार गुरुङ र सन्दीप रायमाझीको भने बयान भएको छ । यसअघि शुक्रबार सागर राई र केशव प्रसाद दुलालको लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।
जसअनुसार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् । गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो । कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण