शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरण : लक्ष्मी महर्जनको बयान सकियो

आइतबार, १४ जेठ २०८०, १६ : ४७
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी लक्ष्मी महर्जनको बयान सकिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुछिएकी महर्जनको आइतबार न्यायाधीश  प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान भएको हो ।  आज मुख्य अभियुक्तमध्येका एक इन्द्रजित राईसहित तीन जनाको बयान हुने भनिएपनि राईले स्वास्थ्य ठीक नभएको भन्दै बयान दिन आनाकानी गरेपछि लक्ष्मीको बयान लिन लिइएको थियो । 

लक्ष्मीको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेसँगै उनी पक्राउ परेकी हुन् । लक्ष्मी नेपाल प्रहरी अस्पतालमा नर्सको रुपमा कार्यरत रहेको बताइएको छ ।  यसैबीच राईको आज बयान हुन सकेन । अब उनको मंगलबार मात्रै बयान हुनेछ । तर  टंककुमार गुरुङ र सन्दीप रायमाझीको भने बयान भएको छ । यसअघि शुक्रबार  सागर राई र केशव प्रसाद दुलालको लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । 

जसअनुसार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।  गत बुधबार  उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो ।  कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप