ग्रेटर नेपाल महाभियानद्वारा नवल खड्का सम्मानित
आइतबार, १४ जेठ २०८०, १८ : ३७
काठमाडौँ । निर्माता, नायक तथा निर्देशक नवल खड्का सम्मानित भएका छन् । ग्रेटर नेपाल महाभियानले उनलाई आइतबार रत्नपार्कको शान्तिवाटिकामा एक कार्यक्रम गर्दै एक लाख ५० हजार रुपैयाँ राशीको पुरस्कारबाट सम्मान गरेको हो ।
महाभियानले देशभक्तिका कथावस्तुमा आधारित फिल्मबाट राष्ट्रिय स्वाधीनता र देशप्रेमको सन्देश दिएको भन्दे उनलाई सम्मान गरेको हो । सम्मानित हुन पाउँदा खुसी लागेको खड्का बताए ।
खड्काले पछिल्लो फिल्म ‘काँडेतार’ निर्माण गरेका छन् । यो फिल्म पनि उनले सिमानामा काँडेतार लगाउनुपर्छ भनेर खुला प्रस्तावका रुपमा निर्माण गरेका हुन् । यो कुरा संसद् र देश विदेशमा बहस होस् भन्ने उनको चाहना छ ।
खड्काले यस अगाडि दशगजा, आवाज, क्रान्ति, भीमदत्तजस्ता देशभक्तिपूर्ण फिल्मको निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण