ग्रेटर नेपाल महाभियानद्वारा नवल खड्का सम्मानित
आइतबार, १४ जेठ २०८०, १८ : ३७

काठमाडौँ । निर्माता, नायक तथा निर्देशक नवल खड्का सम्मानित भएका छन् । ग्रेटर नेपाल महाभियानले उनलाई आइतबार रत्नपार्कको शान्तिवाटिकामा एक कार्यक्रम गर्दै एक लाख ५० हजार रुपैयाँ राशीको पुरस्कारबाट सम्मान गरेको हो ।
महाभियानले देशभक्तिका कथावस्तुमा आधारित फिल्मबाट राष्ट्रिय स्वाधीनता र देशप्रेमको सन्देश दिएको भन्दे उनलाई सम्मान गरेको हो । सम्मानित हुन पाउँदा खुसी लागेको खड्का बताए ।
खड्काले पछिल्लो फिल्म ‘काँडेतार’ निर्माण गरेका छन् । यो फिल्म पनि उनले सिमानामा काँडेतार लगाउनुपर्छ भनेर खुला प्रस्तावका रुपमा निर्माण गरेका हुन् । यो कुरा संसद् र देश विदेशमा बहस होस् भन्ने उनको चाहना छ ।
खड्काले यस अगाडि दशगजा, आवाज, क्रान्ति, भीमदत्तजस्ता देशभक्तिपूर्ण फिल्मको निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन