सिडेनमा लक्ष्मण केसीको प्यानल नै विजयी, कसले कति मत पाए ?

काठमाडौँ । नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् । शनिबार भएको सिडेनको सातौं अधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।
कांग्रेस महामन्त्री गगन थापा र नेता प्रदीप पौडेल निकट केसीले सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार चेतनाथ पाण्डेलाई हराएका हुन् । केसीले १६१९ मत पाउँदा पाण्डेले १०६२ मत पाए । यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार प्रमोद दवाडीले १८५ मत मात्र प्राप्त गरे ।
अध्यक्षमा निर्वाचित केसी सिडेनका संस्थापक तथा पूर्व उपाध्यक्ष हुन् ।
यस्तै उपाध्यक्षमा पनि केसी प्यानलका उमेश धिताल निर्वाचित भएका छन् । धितालले १५५९ मत ल्याउँदा पाण्डे प्यानलका कैलाश केसीले १०५१ मत मात्र पाए ।
महासचिवमा पनि केसी प्यानलकै थमन बहादुर खड्का निर्वाचित भएका छन् । उपमहासचिवमा सुशील लामिछाने र कोषाध्यषमा नवराज बस्नेत निर्वाचित भएका छन् ।
उनीहरु पनि केसी प्यानलकै हुन् ।
अधिवेशनबाट सिडेनमा २५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । पाँच जना पदाधिकारीसहित २० जना केन्द्रीय सदस्य पनि निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी