क्याम्प नाउको ‘अन्तिम’ खेलमा बार्साको सहज जीत
क्याम्प नाउ । बार्सिलोनाले सन् २०२४ को नोभेम्बरसम्म क्याम्प नाउको अन्तिम खेलमा मायोर्काविरुद्ध ३–० को सहज जीत हासिल गरेको छ । रंगशालाको पुनर्निर्माणका लागि ला लिगा विजेता टोलीले केही समय ओलम्पिक स्टेडियमलाई आफ्नो घरेलु मैदान बनाउनेछ । टोली सन् २०२४–२५ सिजनमा आफ्नो पुरानै स्टेडियममा फर्किने बताइएको छ ।
बार्सिलोनाले खेलको पहिलो मिनेटमा नै अन्सु फातीको गोलको मद्दतले अग्रता लिएको थियो । मायोर्काका अमाथ एनडियायेले १३ औँ मिनेटमा रातो कार्ड पाएपछि बार्साका लागि झन् सहज भयो । लगत्तै फातीले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा गाभीले तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
खेलमा यस सिजनको अन्त्यबाट क्लब छाड्न लागेका सर्जियो बुस्केट र जोर्डी आल्बालाई बिदाइ गरिएको थियो । आइतबार नै भएका अन्य खेलमा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले चौथो स्थानमा रहेको रियल सोसिडाडलाई २–१ गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण