१५ वर्षमा जीडीपीको आकार ४५ खर्ब ६५ अर्बले बढ्यो, रेमिट्यान्स आयातमा ७ गुणाले वृद्धि
काठमाडौँ । १५औं पञ्चवर्षिय आयोजनाको अन्तिमसम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५३ खर्ब ८१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
यस्तो आकार तीन पञ्चवर्षिय आयोजना अर्थात् १५ वर्षअघि (आर्थिक वर्ष २०६४÷६५) सम्म जम्मा ८ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ हाराहारी मात्र रहेको थियो ।
समीक्षा अवधिमा कुल राष्ट्रिय उत्पादनमा ४५ खर्ब ६५ अर्ब ६० करोड रुपैयाँले थपिएको हो ।
यस्तै समीक्षा अवधिमा नेपालीहरुको प्रति व्यक्ति आय (जीडीपीका आधारमा) ४९१ अमेरिकी डलरबाट बढेर १३ सय ९९ डलर पुगेको समेत राष्ट्रिय योजना आयोगले जनाएको छ ।
समीक्षा अवधिमा आयात २ खर्ब २१ अर्ब ९४ करोड रुपैयाँबाट बढेर १९ खर्ब २० अर्ब ५० लाख रुपैयाँ पुगेको छ भने निर्यात ५९ अर्ब २७ करोडबाट बढेर २ खर्ब रुपैयाँ पुगेको आयोगले जनाएको छ ।
यसैगरी विप्रेषण आय (रेमिट्यान्स) १ खर्ब ४२ अर्ब ७० करोडबाट बढेर १० खर्ब ७ अर्ब ३० करोड हाराहारी पुगेको समेत राष्ट्रिय योजना आयोगले जनाएको छ ।
यस्तै, राजस्व १ खर्ब ७ अर्ब ६२ करोडबाट बढेर १० खर्ब ६६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने सार्वजनिक ऋणको आकार समेत ३ खर्ब ६६ अर्बबाट बढेर समीक्षा अवधिमा २० खर्ब ८० अर्ब १० करोड रुपैयाँ पुगेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सार्वजनिक ऋण र जीडीपीको अनुपात हाल ३८.७ पुगेको छ । यसअघि आर्थिक वर्ष २०६४÷६५ मा यस्तो अनुपात ४४.९ रहेको थियो ।
समीक्षा अवधिमा राजस्व र जीडीपीको अनुपात २१.६ रहँदा करदाताहरुको संख्या बढेर ५३ लाख ४१ हजार १७८ जना पुगेको छ । आर्थिक वर्ष २०६४÷६५ मा यस्तो करदाताहरुको संख्या २ लाख ८७ हजार ९५८ मात्र रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण