फिल्म ‘ज्वाइँ साब’ निर्माण घोषणा
सोमबार, १५ जेठ २०८०, १६ : ४४

काठमाडौं । फिल्म ‘ज्वाइँ साब’ निर्माण घोषणा गरिएको छ । वसन्त निरौलाको निर्देशन रहने फिल्मको सोमबार हलेसी मन्दिरमा पूजा गर्दै निर्माणको घोषणा गरिएको हो । रेड आई फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको छायाङ्कन केही महिनामै सुरु हुने निर्देशक निरौलाले जानकारी दिए ।
फिल्मको छायाङ्कन नेपाल, क्यानडा र अष्ट्रेलियामा गरिनेछ । फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् । फिल्ममा शङ्कर धितालको पटकथा तथा संवाद छ ।
निर्देशक निरौलाका अनुसार, फिल्मका लागि कलाकारहरूको छनोट जारी छ । ‘सबै कलाकार फाइनल भएपछि हामी पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ । यो फिल्मलाई कमेडी र पारिवारिक कथामा निर्माण गरिनेछ ।’
निर्देशक निरौलाले यसअघि ‘विजयपथ, आवेग, मेला, राजनीति’ लगायतका फिल्म निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएपछि बबी सिंहले के भनिन् ?
-
‘पेस्तोल डान्स’ भाइरल भएपछि प्रहरीले डा.बबी सिंहलाई बोलायो
-
मानव प्राण बचाउने किसान र श्रमिकको किन सधैँ अपमान ?
-
अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
-
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
-
अन्तर्राष्ट्रिय श्रमिक दिवस र नेपाली श्रमिकको अवस्था