फिल्म ‘ज्वाइँ साब’ निर्माण घोषणा
सोमबार, १५ जेठ २०८०, १६ : ४४
काठमाडौं । फिल्म ‘ज्वाइँ साब’ निर्माण घोषणा गरिएको छ । वसन्त निरौलाको निर्देशन रहने फिल्मको सोमबार हलेसी मन्दिरमा पूजा गर्दै निर्माणको घोषणा गरिएको हो । रेड आई फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको छायाङ्कन केही महिनामै सुरु हुने निर्देशक निरौलाले जानकारी दिए ।
फिल्मको छायाङ्कन नेपाल, क्यानडा र अष्ट्रेलियामा गरिनेछ । फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् । फिल्ममा शङ्कर धितालको पटकथा तथा संवाद छ ।
निर्देशक निरौलाका अनुसार, फिल्मका लागि कलाकारहरूको छनोट जारी छ । ‘सबै कलाकार फाइनल भएपछि हामी पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ । यो फिल्मलाई कमेडी र पारिवारिक कथामा निर्माण गरिनेछ ।’
निर्देशक निरौलाले यसअघि ‘विजयपथ, आवेग, मेला, राजनीति’ लगायतका फिल्म निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण