सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बजेट जनतामा आशा जगाउने किसिमको छैन : लिङ्देन

सोमबार, १५ जेठ २०८०, २१ : ४२
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् । 

सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले  मुलुकको वर्तमान आर्थिक संकट र चुनौतीको समाधान गर्नुपर्ने अवस्था भएपनि त्यस अनुरुप बजेट आउन नसकेको बताए ।   

उनले विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो भएपनि कार्यान्वयनमा समस्या हुने गरेको भन्दै अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट अनुदान र ऋणमा आधारित भएर आएकाले आशा गर्ने ठाउँ भएको उनले बताए ।  

उनले बजेटमा खर्च कटौती लगायतका सकारात्मक पक्षहरु समेटे पनि यति मात्रै वर्तमान आर्थिक समस्याको बजेटले समाधान गर्न नसक्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप