चिनियाँ तीन यात्री अन्तरिक्ष प्रस्थान
चीन । चीनले मंगलबार तीन जना चिनियाँ नागरिकलाई अन्तरिक्ष यात्रामा पठाएको छ । बिहान ९ बजेर ३१ मिनेटमा 'शनचौं १६' नम्बर मानवसहित अन्तरिक्ष यानको प्रक्षेपण गरिएको हो ।
चीन हाइफङ, चु याङचु, र र क्वी हाइछाउ अन्तरिक्ष यात्रामा गएका हुन । चिनियाँ टेलिभिजनले अन्तरिक्ष यात्रा गरेको दृश्य देखाइरहेका छन् । चिनियाँहरूले आजको दिनलाई चीनको अन्तरिक्ष यात्राको अर्को उपलब्धी भनेको छ ।
शनचौं १६ नम्बर मानवसहित अन्तरिक्ष यानको यो दोस्रो मानवसहित अन्तरिक्ष उडान गरिएको हो । हालै शनचौं १६ नम्बरको प्रक्षेपण मिसनमा प्रयोग गरिने अङ मार्च २ एफ याओ १६ क्यारियर रकेटमा प्रोपोलेन्ट राख्ने काम पनि सुरु भएको छ ।
चीनको सरकारी टेलिभिजनका सिजीटिएनका अनुसार चीनले सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन योजना सुरु गरेको छ । चीनले चन्द्रमा मानव बस्तीका लागि समेत आधार निर्माण गर्ने योजना अगाडि सारेको छ । सन् २०२९ भित्र मानवयुक्त चन्द्रयान प्रक्षेपण गरिसक्ने योजनाअनुसार काम अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण