नातावादको आरोप लागेपछि रुविले भनिन्, ‘प्रसिद्धीले मिहिनेतले उपाधि जितेकी हो’
काठमाडौँ । नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगिताको निष्पक्षता माथि सधैँ प्रश्न उठ्ने गरेको छ । कतिपयले त सौन्दर्य प्रतियोगितामा ‘नेपोटिजम’ (नातावाद) हुने गरेको आरोप लगाउँदै आएका छन् । हालै सम्पन्न ‘मिस नेपाल’मा पनि ‘नेपोटिजम’को आरोप लागेको छ । प्रतियोगीमा मिस नेपाल इन्टरनेसनल उपाधि विजेता प्रसिद्धी शाह माथि यो आरोप लागेको हो ।
टप फाइभ राउन्डमा बोल्ने क्रममा अन्य प्रतियोगीले ४५ सेकेन्ड समय पाउँदा उनले भने करिब २ मिनेट समय पाएकी थिइन् । प्रसिद्धी पहिलो मिस नेपाल रुवि राणाकी छोरी भएकै कारण बढी समय दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
‘नेपोटिजम’को आरोप लाग्न थालेपछि रुविले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएकी छन् । राणाले प्रसिद्धीलाई दिइएको बढी समय प्राविधिक गल्ती भएको बताइन् ।
‘टप फाइभमा कुनै विषय उठाएर बोल्नुपर्ने क्रममा किन बजर बजाइएन । ४५, सेकेन्ड वा ५५ सेकेन्ड बोल्नु भनेपछि कुनै प्रतियोगीले बोलिरहँदा कसैको माइक खोसियो भने मेरो छोरीको किन खोसिएन, किन बजर बजाइएन ?’, उनी अगाडि भन्छिन् ‘उसले ४५ सेकेन्डमा बोल्ने कुरो सबै बोलिसकेको थियो ।’ आफै रोकिन अगाडि समयको काउन्टडाउन स्क्रिन राखिनु पर्ने उनको धारणा छ ।
आफ्नो छोरीलाई मात्र इस्यू बनाएको गुनासो गर्दै उनले भनिन् ‘ ४५ सेकेन्डमा प्रसिद्धीले भनाई कभर गर्न सक्थिन् । तर किन रोकिएन ? यसको जवाफ आयोजकले प्रेस मिट गरेर होस् वा अन्य तरिकाले दिनुपर्छ ।’
‘कि त आयोजकले प्रतियोगिता फेरि टप फाइभ राउन्डमा पुर्याएर प्रश्न गर्ने वातावरण गर्नुपर्यो । मलाई पनि चित्त बुझेको छैन,’ उनले भनेकी छन् ।
प्रसिद्धीले मिस इन्टरनेशनलको उपाधि आफ्नो क्षमता, दक्षता र मिहिनेतले पाएको भन्दै प्रथम मिस नेपालकी छोरी भएको हिसाबले हात नपारेको स्पष्ट पारिन् । छोरीले मिस नेपाल वर्ल्डको उपाधि जित्न सक्ने समेत उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण