अदालत
रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता, भोलि पेसी
मङ्गलबार, १६ जेठ २०८०, १५ : ४४
काठमाडौँ । टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए । राष्ट्रपतिको सो निर्णयसँगै चौधरी सोमबार रिहा भइसकेका छन् ।
चौधरीलाई तीनै तहका अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै आजन्म कारावासको सजाय तोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण