कार्यसम्पादनमा कोशी प्रदेश अब्बल, कर्णालीलाई अनुदान बढी
विराटनगर । कोशी प्रदेश कार्यसम्पादनमा आधारित अनुदानमा सबैभन्दा धेरै रकम पाउने प्रदेश बनेको छ । संघीय सरकार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणको सारांशमा कार्यसम्पादनमा कोशी प्रदेश उत्कृष्ट देखिएको हो ।
कोशी प्रदेशले उक्त शीर्षकमा ४७ करोड ९८ लाख रुपैयाँ अनुदान पाउने भएको छ । दोस्रो स्थानमा रहेको गण्डकी प्रदेशले ४२ करोड ३९ लाख, तेस्रो स्थानमा रहेको बाग्मती प्रदेशले ३५ करोड १९ लाख, चौथो स्थानमा रहेको लुम्बिनी प्रदेशले ३३ करोड ५५ लाख, पाँचौँ स्थानमा रहेको कर्णाली प्रदेशले ३० करोड १३ लाख, छैटौँ स्थानमा रहेको सुदूरपश्चिमले २५ करोड ४१ लाख र अन्तिम स्थानमा रहेको मधेस प्रदेशले २० करोड २ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।
प्रदेशले पाउने सबै शीर्षकको अनुदानको १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँमध्ये सबैभन्दा बढी कर्णाली प्रदेशले १६ अर्ब २७ करोड ३९ लाख पाउने भएको छ । दोस्रो स्थानमा रहेको कोशी प्रदेशले १६ अर्ब ११ करोड ७० लाख, तेस्रोमा बाग्मती प्रदेशले १५ अर्ब ८१ करोड २३ लाख, चौथोमा लुम्बिनी प्रदेशले १५ अर्ब ३८ करोड ४२ लाख, पाँचौँमा सुदूरपश्चिम प्रदेशले १४ अर्ब ४२ करोड १९ लाख, छैटौँमा गण्डकी प्रदेशले १३ अर्ब ६० करोड ४० लाख र सबैभन्दा कम मधेस प्रदेशले १३ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण