शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राति दूध पिएर सुत्नुका पाँच फाइदा : तौल घट्छ, हड्डी बलियो हुन्छ

बुधबार, १७ जेठ २०८०, १४ : ५२
बुधबार, १७ जेठ २०८०

दूध एक पूर्ण आहार हो । यसमा क्याल्सियम, म्याग्नेसियम, आइरन, जिङ्कजस्ता मिनरल्सबाहेक भिटामिन बी १२, भिटामिन डी र प्रचुर मात्रामा प्रोटिन पाइन्छ । दूधमा विभिन्न खालका अमिनो एसिड पनि हुन्छ । यसमा ८७ प्रतिशत पानी हुन्छ । अन्य १३ प्रतिशतमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, भिटामिन र मिनरल्स पाइन्छ । अमेरिकन डायट्री गाइडलाइनका अनुसार दैनिक करिब २५० ग्राम दूध पिउनुपर्छ । यसो गर्ने हो भने शरीरमा क्याल्सियमको कमी हुँदैन र हड्डी भाँच्चिने खतरा पनि कम हुनेछ । दूधको सेवन हृदय सम्बन्धी थुप्रै रोगको जोखिमबाट पनि जोगाउँछ । यसका साथै, यो तौल कम गर्न र ब्लड सुगरलाई कम गर्न पनि सहयोगी छ । 

प्रत्येक मानिसले दूध पिएकै हुन्छ तर दूध पिउने सही समय के हो, यो पनि थाहा पाउनुपर्छ । यस विषयमा एक भारतीय सञ्चार माध्यमले अपोलो अस्पताल बेंगलुरुमा चिफ क्लिनिकल न्युट्रिसनिस्ट डा. प्रियंका रोहतगीसँग कुराकानी गरेको छ ।

राति दूध पिउनुको फाइदा

१. मिठो निद्रा

 डा. प्रियंका रोहतगीले तातो दूधमा ल्याक्टाबुमिन प्रोटिन पाइने बताइन् । यो ट्रिप्टोफान अमिनो एसिड हो । ट्रिप्टोफानले सेरोटोनिन हर्मोन उत्पादनमा धेरै मद्दत गर्छ । सेरोटोनिन हर्मोनले मेलाटोनिन उत्पादन गर्छ । मेलाटोनिन निद्रा लगाउने हर्मोन हो । मेलाटोनिन हर्मोन निस्किएपछि राति मिठो निद्रा लाग्छ । त्यसैले राती दूध पिउनुको सबैभन्दा ठुलो फाइदा भनेको राती मिठो निद्रा लाग्नु हो । 

२. ब्लड सुगर कम गर्छ

डा. प्रियंकाका अनुसार यदि तपाईं दिनभरि पौष्टिक तत्त्व खाइरहनुभएको छैन भने राती दूध पिउँदा यसले पौष्टिक तत्त्वको कमी पूरा गर्न सक्छ । दूध पूर्ण आहार भएकोले स्वस्थ प्रोटिन र अमिनो एसिडको पनि सम्मिश्रण पाइन्छ । यसमा ब्लड सुगर पनि नियन्त्रणमा रहन्छ ।

३. तौल घटाउन सहयोगी

राती दूध पिउँदा तौल घटाउनसमेत मद्दत मिल्छ । तर निकालिएको दूधमा फ्याट कम हुन्छ । दूधमा प्रोटिन बढी पाइने भएकोले यसले भोक कम लाग्न दिन्छ । धेरै क्याल्सियम हुने भएकाले दूधले मोटाबोलिजम बुस्ट गर्न पनि मद्दत गर्छ ।

४. हड्डी बलियो बनाउँछ

दूधबाट सबैभन्दा बढी क्याल्सियम पाउन सकिन्छ । क्याल्सियमबाहेक यसमा फस्फोरस, भिटामिन डी र प्रोटिन हुन्छ जुन हड्डीको मजबुतीका लागि आवश्यक तत्त्व हो । सधैँ दूध खाँदा ओस्टियोपोरोसिस र हड्डी भाँच्चिने जोखिम पनि कम हुन्छ । 

५. तनाव कम हुन्छ

राती दूध पिउँदा बिहान तनाव मुक्त रहन मद्दत मिल्छ । दूधमा पाइने अमिनो एसिड कार्टिसोल हर्मोनको स्तरलाई कम गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप