सांसद खड्काको प्रश्न : ६ वर्षसम्म संघ सरकारसँग अधिकार किन मागिएन ?
मकवानपुर । बागमती प्रदेशसभा सदस्य श्याम खड्काले प्रदेश सरकारको ६ वर्षको यात्रामा संविधानले दिएका अधिकार प्राप्तिमा पहल गर्न नसकेको बताएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले ६ वर्षको अवधिमा पनि सरकारले आफ्नो अधिकारहरू प्राप्त गर्न नसक्दा काम गर्न समस्या भएको र सोही कारणले संघीय संरचनाको औचित्यमाथि प्रश्न उठेको बताए ।
उनले प्रदेश सरकारले संघीय सरकारसँग अधिकार माग गर्न नसक्दा समस्या भएको बताए ।
‘प्रदेश सरकारले आफ्ना अधिकार माग्न सकेन किन ? सरकारले त्यसतर्फ ध्यान किन गएन ? आफ्ना अधिकारहरू किन मागिएन ?’ उनले भने, ‘आफ्ना अधिकारप्रति सरकार गम्भीर नहुँदा प्रदेशको औचित्यमाथि नै प्रश्न आएको छ । यसको जवाफ सरकारले बजेट कार्यक्रम कार्यान्वयनबाट दिनुपर्छ ।’
सांसद खड्काले सरकारले ल्याएका योजनाहरुको कार्यान्वयन र प्रगतिको समीक्षा गर्नुपर्ने बताए । तीनै तहका सरकारबाट संविधानले प्रदत्त गरेको अधिकारहरू नागरिकले पाउन नसकेको कारण प्रदेशको औचित्यमाथि प्रश्न उठेको उनको भनाई छ ।
विगतका सरकारले पहुँचका आधारमा बजेट वितरण गर्दा उक्त समस्यालाई थप साथ मिलेको उनले बताए । उनले वर्तमान सरकारले त्यसलाई सुधार गरेर समानुपातिक विकास र बजेट वितरणमा जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण