घरेलु मदिरालाई ब्राण्डिङ गरेर निर्यात गर्नुपर्छ : नेता बज्राचार्य
हेटौँडा । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले घरेलु मदिरालाई ब्राण्डिङ गरेर निर्यात गर्नुपर्ने बताएका छन् । उनले प्रदेशसभाको बुधवार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम माथि छलफलमा भाग लिँदै सरकारले घरेलु उद्योगहरूलाई प्रोत्साहन गरेर घरेलु मदिरा र जातीय तथा सांस्कृतिक खाद्यान्नलाई ब्राण्डिङ गरेर बाहिरी देशमा निर्यात गर्नुपर्ने बताए ।
‘हामीले घरेलु उद्योगलाई प्रोत्साहन गरेर घरेलु मदिरालाई ब्राण्डिङ गरी निर्यात गर्नुपर्छ । सांस्कृतिक र जातीय खाद्य पदार्थलाई बाहिरी देशहरूमा निर्यात गरेर आर्थिक उपार्जनमा नागरिकहरूलाई जोड्नुपर्छ ।’ उनले भने, ‘प्रदेश सरकारले नीति तथा कार्यक्रमलाई आर्थिक सुदृढीकरण र जनतामुखी बनाउनुपर्छ ।’ नेता बज्राचार्यले राजनीतिमा इमानदारिता आवश्यक रहेको बताए । छल र ढाँटले राजनीति टिक्न नसक्ने भन्दै उनले सबैलाई इमानदार भएर जनताको काममा लाग्न बताए । उनले विश्व सम्पदा सूचीमा रहेका क्षेत्रहरूमा सरकारको ध्यान नपुगेको बताए ।
‘प्रदेशका १३ जिल्लाका विभिन्न क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने तयारी भइरहेको छ । तर, पहिले देखिएका सम्पदा सूचीमा रहेका क्षेत्र अपहेलित भएका छन् । त्यसलाई व्यवस्थापन गरेर बढी मात्रामा पर्यटक ल्याउन सकिन्छ ।’ उनले विभिन्न जिल्लालाई समेटेर विशेष क्षेत्रका आधारमा कृषि उत्पादनका योजनाहरू कार्यान्वयन गर्न सकिने बताए । सरकारका कामहरूका विषयमा समीक्षा गर्न जनतासमक्ष पुग्नुपर्ने उनको भनाई छ । सरकारले जनताका सुझावहरूलाई समेटेर आफ्ना कामहरू अघि बढाउनुपर्ने उनले बताए ।
योजनाहरू पारदर्शी बनाएर अघि बढे मात्र नागरिकहरू उत्साहित भएर कार्यान्वयनमा अग्रसर हुने भएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए । प्रदेशलाई सक्षम र सबल बनाउन आफू प्रतिबद्ध रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण