बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दया र मिरुनाको ‘नाङ्गो गाउँ’ अमेरिकामा पनि प्रदर्शन हुने

बुधबार, १७ जेठ २०८०, १७ : ५८
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । भदौको २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘नाङ्गो गाउँ’ दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म हो । फिल्म छायाङ्कन समयमै अमेरिका तथा क्यानडाको राइट्स बिक्री भएको थियो ।

फिल्म अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी सहरमा प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । यो फिल्मलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले रिलिज गर्दै छ । नेपाल इलेभेनका प्याट्रिक सुवेदीले दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा मात्र ४ सय भन्दा बढी शो को टुङ्गो लागि सकेको छ । उनले शो को सङ्ख्या थपिने क्रम जारी रहेको बताए ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ र मिरुनाको अलवा कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । 

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । यो फिल्मलाई लिएर विदेशमा रहेका नेपालीहरूले उत्साहजनक रूपमा चासो लिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप