शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
हैदराबाद हाउसमा प्रधानमन्त्री, तस्बिरहरू हेर्नुहोस्
प्रधानमन्त्रीको भारत भ्रमण

हैदराबाद हाउसमा प्रधानमन्त्री, तस्बिरहरू हेर्नुहोस्

बिहीबार, १८ जेठ २०८०

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भारत भ्रमणको दोस्रो दिन हैदराबाद हाउस पुगेका छन् । हैदराबाद हाउस पुगेर प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका हुन् ।

बिहान महात्मा गान्धिको समाधिस्तरमा पुष्पगुच्छा अर्पण गरेर प्रधानमन्त्री हैदराबाद हाउस पुगेका थिए । उनलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेका थिए । दुई देशबीच आजै विभिन्न सम्झौताहरुमा हस्ताक्षरसमेत भएका छन् । आजको भेटवार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको आयोजनासमेत गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया