तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत आयोजनाको सम्झौता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विद्युतसम्बन्धी दुईवटा सम्झौता भएका छन् । भारत भ्रमणको दोस्रो दिनको अवसरमा नेपाल र भारतीय प्रतिनिधिमण्डलले उक्त सम्झौता गरेका हुन् ।
सम्झौतामा तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) भएको छ । भारत भ्रमण जानुभन्दा अघिल्लो दिन बसेको लगानी बोर्डको बैठकले यो आयोजना निर्माणका लागि भारतसँग पीडीए गर्ने निर्णय गरेको थियो । सोहीअनुसार ६६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजना बनाउन भारतीय पक्षसँग सम्झौता भएको हो । हाल भारतीय लगानीकर्ताको मूख्य लगानीमा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम भइरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगती करिब ६५ प्रतिशत छ ।
यसपछि, आजै भारतीय पक्ष र नेपाली पक्षबीच फुकोट कर्णाली जलविद्युत आयोजनाको द्वीपक्षीय सम्झौता भएको छ । ४८० मेगावाट क्षमताको आयोजना विकासका लागि भारतीय पक्ष राजी भएसँगै यससम्बन्धी सम्झौता भएको बताइएको छ । तर, यसपटकको भारत भ्रमणका क्रममा नेपालले भारत सामु मूख्य ५ विषय राखेको थियो ।
यीमध्ये नेपाली बिजुलीका लागि भारतीय बजारमा दिर्घकालिन पहुँच खोजिएको थियो । यो सम्झौता भने भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण