आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जावेद अख्तरकी जेठी श्रीमतीसँग कस्तो छ शबाना आजमीको सम्बन्ध ? पहिलो पटक बोलिन्

बिहीबार, १८ जेठ २०८०, १४ : ३५
बिहीबार, १८ जेठ २०८०

शबाना आजमी र जावेद अख्तर बलिउडका चर्चित जोडीमध्ये एक हुन् । यी दुईको विवाह सन् १९८४ मा भएको थियो । जावेद अख्तरको पहिलो विवाह हनी इरानीसँग भएको थियो । हनीसँग विवाहपछि उनका दुई सन्तान भए – जोया अख्तर र फरहान अख्तर । यस्तै एक अन्तरवार्तामा शबाना आजमीले जावेद अख्तरकी जेठी श्रीमतीसँग उनको सम्बन्ध कस्तो छ भन्ने बारे बोलेकी छिन् ।

हनी इरानीसँग कस्तो छ शबानाको सम्बन्ध

फिल्म फेयरलाई दिएको अन्तरवार्तामा शबाना आजमीले जावेद अख्तरकी जेठी श्रीमतीसँगको सम्बन्धबारे कुरा गर्दै जावेदका सन्तानसँग उनको सम्बन्ध दोस्ती र विश्वासमा आधारित भएको बताइन् । उनले यसको श्रेय हनीलाई दिएकी छिन् ।

उनले थपिन्, ‘हामी निकै प्रेमपूर्वक बस्छौँ । दोस्ती र विश्वासमा आधारित मेरो र उनीहरूको सम्बन्ध निकै राम्रो छ । म फरहान र जोयालाई असाध्यै मान्छु । मलाई लाग्छ कि उनीहरुले मलाई महत्त्व दिन्छन् । मलाई लाग्छ कि यसको श्रेय उनीहरूकी आमा हनी इरानीलाई जान्छ । मैले भन्नुपर्छ कि उनी असाध्यै राम्रो र ठुलो सोच भएकी महिला हुन् ।’

बच्चासँग किन राम्रो छ सम्बन्ध ?

शबानाले थपिन्, ‘यदि हनी इरानीले उनको सन्तानले मसँग दोस्ती नगरुन् भन्ने सोच राखेका भए हामीबीच सम्बन्ध स्थापित नै हुन पाउँदैनथ्यो । यदि जोया र फरहानको मसँग राम्रो सम्बन्ध छ भने यसको पूरा क्रेडिट उनकी आमालाई जान्छ । उनले चाहेको भए बच्चालाई मसँग टाढै राख्छिन् तर उनले यस्तो गरिनन् । ’

‘त्यसैले मैले पूरा इमानदारिताका साथ यो स्वीकार गर्नुपर्छ कि म हनीप्रति कृतज्ञ छु । मेरो उनका बच्चासँग मात्रै होइन, उनीसँग पनि सुन्दर सम्बन्ध छ । हामीबीच एक सुन्दर बन्धन छ । म उनको काममा दखल दिन्नँ । उनलाई कुनै कुराबारे कुरा गर्न मन लागेको छैन जस्तो मलाई लाग्यो भने म त्यसबारे कुरा नै गर्दिनँ ।’

हनी इरानी र जावेद अख्तरको विवाह सन् १९७२ मा भएको थियो तर सन् १९८५ मा यी दुई अलग्गिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप