शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी

बिहीबार, १८ जेठ २०८०, १८ : ०७
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन् ।  

बिहीबार काठमाडौँमा एक कार्यक्रममा बोल्दै उनले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन् ।  

उनले नेपाली चलचित्रको प्रवर्द्धनका लागि स्टुडियो बनाउने कुराले खुसी बनाएपनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरूसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताए ।  उनले बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउनुपर्ने कुरालाई बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाए ।  

अध्यक्ष केसीले चलचित्र क्षेत्रलाई सरकारबाट चासो नदिएकोप्रति प्रधानमन्त्रीको भारत भ्रमणपछि विस्तृत रूपमा छलफल गर्ने बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप