चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्यो : भुवन केसी
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन् ।
बिहीबार काठमाडौँमा एक कार्यक्रममा बोल्दै उनले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन् ।
उनले नेपाली चलचित्रको प्रवर्द्धनका लागि स्टुडियो बनाउने कुराले खुसी बनाएपनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरूसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताए । उनले बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउनुपर्ने कुरालाई बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाए ।
अध्यक्ष केसीले चलचित्र क्षेत्रलाई सरकारबाट चासो नदिएकोप्रति प्रधानमन्त्रीको भारत भ्रमणपछि विस्तृत रूपमा छलफल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण