सिक्किममा भएको पिकलबलमा नेपाललाई १ स्वर्णसहित १५ पदक
काठमाडौं । भारतको सिक्किममा सम्पन्न प्रथम सिक्किम नेशनल पिकलबल प्रतियोगितामा नेपाली खेलाडीले एक स्वर्णसहित १५ पदक जितेका छन् । भारतको राष्ट्रिय प्रतियोगिता भए पनि नेपाललाई पाहुना टोलीका रुपमा सहभागी गराइएको थियो ।
प्रतियोगितामा नेपालका लागि पुरुष एकलतर्फ कुमार प्रधानले स्वर्ण पदक जिते । उनले फाइनलमा गुजरातका खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । स्वर्ण विजेता कुमार प्रधान नेपाली टोलीका प्रमुख प्रशिक्षक पनि हुन् ।
यसैगरी महिला एकल र डबल्सतर्फ गरी जर्जिया चौधरीले तीनवटा रजत पदक जितिन् । स्वस्तिका महर्जन एक रजत र दुई कांस्य पदक हात पारिन् । प्रजुना अधिकारीले एक रजत र दुईवटा कांस्य पदक जितिन् ।
यसैगरी पुरुषतर्फ जनक फडेराले दुईवटा रजत पदक हात पारे । किरण खनालले एक रजत र सौरभ भण्डारीले एक कांस्य पदक जिते । प्रतियोगितामा नेपालको एक टोलीसँगै भारतका १० वटा प्रान्तका खेलाडीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण