ज्येष्ठ नागरिक ग्राम निर्माणमा आर्थिक अनियमितता गरेको छैन : अध्यक्ष पराजुली
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संखरापुरमा ज्येष्ठ नागरिक ग्राम बनाउने क्रममा आफूले आर्थिक अनियमितता नगरेको बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै अध्यक्ष पराजुलीले संखरापुरमा ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ निर्माण गर्दा कुनै प्रकारको आर्थिक अनियमितता नगरेको स्पष्ट पारेकी हुन् ।
बैठकमा सांसदहरुले अध्यक्ष पराजुलीको नेतृत्व रहेको संस्थाले ज्येष्ठ नागरिक ग्राम बनाउन सरकारबाट पैसा लिएर पनि भवन बन्न नसकेको कुरा उठाएसँगै उनले सो कुराको स्पष्टोक्ति दिएकी हुन् । ज्येष्ठ नागरिक ग्राम बनाउन नेपाल सरकारबाट ६ करोड १ लाख रुपैयाँ लिएर काम गरेको भएपनि काम गर्दागर्दै २०७२ सालको भूकम्पले भवनमा क्षति पुगेका कारण भवन सम्पन्न गर्न नसकेको उनले बताइन् ।
अध्यक्ष पराजुलीले क्षतिग्रस्त भवनको भवन विभागबाट गएको इन्जिनियर टोलीले अनुगमन गरेको र भवन निर्माण कार्यलाई निरन्तरता दिन नमिल्ने प्रतिवेदन दिएका कारण भवन बनाउन नसकेको बताइन् । भत्काउनका लागि पनि एक करोड रुपैयाँ भन्दा बढी पैसा लाग्ने भएपछि त्यत्तिकै बसिराखेको सो भवन संखरापुर नगरपालिकाले आफ्नो स्वामित्वमा लिएको पनि उनले जानकारी दिइन् ।
अध्यक्ष पराजुलीले अदालतबाट समेत सो विषयको मुद्दामा फैसला भइसकेको भन्दै कसैलाई चित्त नबुझे पुनरावेदन वा सर्वोच्च अदालत जानसक्ने पनि बताइन् । रकम हिनामिनामा आफ्नो संलग्नता देखिएमा सजायको भागिदार हुन तयार रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण