३ जना डिएसपीको काज सरुवा, टिकापुरमा तुलसीराम अर्याल
शुक्रबार, १९ जेठ २०८०, २१ : ४१

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३ जना डीएसपीको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीमा तुल्सीराम अर्याललाई काज सरुवा गरिएको छ । टिकापुरमा कार्यरत उद्धव सिंह भाटलाई जिम्मेवारीबाट हटाइएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएर गएपछि स्वागत गर्दा उनले देखाएको व्यवहारबारे सामाजिक सञ्जालमा आलोचना भएको छ ।
भाटलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा काज सरुवा गरिएको छ । प्रहरी वृत सिंहदरबारमा रविन्द्रमान गुरुङलाई ल्याइएको छ । सिंहदरबार वृतमा कार्यरत गोविन्द पुरी प्रहरी उपरीक्षकमा बढुवा भएपछि सो वृत्तमा डीएसपी पद रिक्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद