३ जना डिएसपीको काज सरुवा, टिकापुरमा तुलसीराम अर्याल
शुक्रबार, १९ जेठ २०८०, २१ : ४१
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३ जना डीएसपीको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीमा तुल्सीराम अर्याललाई काज सरुवा गरिएको छ । टिकापुरमा कार्यरत उद्धव सिंह भाटलाई जिम्मेवारीबाट हटाइएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएर गएपछि स्वागत गर्दा उनले देखाएको व्यवहारबारे सामाजिक सञ्जालमा आलोचना भएको छ ।
भाटलाई नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा काज सरुवा गरिएको छ । प्रहरी वृत सिंहदरबारमा रविन्द्रमान गुरुङलाई ल्याइएको छ । सिंहदरबार वृतमा कार्यरत गोविन्द पुरी प्रहरी उपरीक्षकमा बढुवा भएपछि सो वृत्तमा डीएसपी पद रिक्त थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण