नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाणको तर्फबाट दुई पूर्व महान्यायाधिवक्ताले बहस गर्दै
आइतबार, २१ जेठ २०८०, ११ : १२
काठमाडौँ । शरणार्थी प्रकरणमा आइतबार बाट थुनछेक बहस शुरु हुँदै छ । पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट दुईजना पूर्वमहान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नेपाल बारका दुईजना पूर्व अध्यक्षले बहस गर्ने भएका छन् । बालकृष्ण खाणको तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्ने भएका छन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए ।
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्काले पनि खाणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले रातोपाटीलाई बताए । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, अधिवक्ता योगेन्द्र अधिकारी र पुरुषोत्तम अर्यालसहित १८ जना कानुन व्यवसायीहरुले खाणको तर्फबाट बहस गर्ने भएका छन् । योगेन्द्र अघिकारी डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण