वडाध्यक्षले फडानी गरेको कोल्हवी ५ को राष्ट्रिय वन क्षेत्रमा सेनाद्वारा वृक्षारोपण
बारा । कोल्हवी नगरपालिका वडा नं ५ का वडाध्यक्ष नन्दकिशोर चौधरीको नेतृत्वमा ३ महिनाअघि फडानी भएको राष्ट्रिय वन क्षेत्रमा नेपाली सेनाले वृक्षारोपण गरेको छ । तराई मधेस द्रुतमार्ग सडक आयोजना वृक्षारोपण कार्यदलले कोहल्वी ५ रामवनको करिब ६ हेक्टर वन क्षेत्रमा आइतबार वृक्षारोपण गरेको हो ।
डिभिजन वन कार्यालय बारा र गढीमाई साझेदारी वन उपभोक्ता समितिको आयोजनामा वनस्पति प्रजातिका करिब ५ सय बिरुवा लगाइएको वन कार्यालयका सहायक वन अधिकृत जहवलाल कुमीले बताए । गत फागुन २३ गते फागु पूर्णिमाको दिन मध्यरातमा वडाध्यक्ष नन्दकिशोर चौधरीको नेतृत्वमा गएको टोलीले राष्ट्रिय वन क्षेत्रमा वृक्षारोपण गरेर हुर्किएका बिरुवा फडानी गरेको थियो । हाल वडाध्यक्ष चौधरी सहित संलग्न अन्य जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् । बिरुवा फडानी घटनामा चौधरीले भने २ लाख धरौटी रकम बुझाएका थिए । आइतबार विश्व वातावरण दिवसको अवसरमा वन कार्यालयको आयोजनामा सेनाले सो क्षेत्रमा वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले वर्षा सुरु भएलगक्तै अन्य खाली वन क्षेत्रमा पनि वृक्षारोपण सुरु गरिने जनाएका छन् । ‘सुकुम्बासीको नाममा विभिन्न ठाउँमा जग्गा भएका व्यक्तिहरूले यो जग्गा कब्जा गरेर भोग चलन गरेका थिए, हामीले पनि सदासयपूर्ण रूपमा बाली लगाइसकेको अवस्थामा पनि कम्तीमा बालीलाई भित्राउन दिएर तारबार लगाउने काम भएको छ’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भने ‘बर्खा सुरु भएलगक्तै हामी बाँकी रहेको वन क्षेत्रको खाली सार्वजनिक जग्गामा वृक्षारोपण गर्ने काम सुरु हुन्छ’ बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले ऐलानी, प्रति जग्गाको संरक्षण गर्ने काम स्थानीय सरकारको मात्रै नभएर केन्द्रीय सरकारका सम्पूर्ण टिमको भएको बताएका छन् ।
सापकोटाले भने ‘राष्ट्रिय भूमि आयोगले विभिन्न वनका जग्गाहरू अतिक्रमण गरेर सुकुम्वासीलाई बाँड्ने काम गरिरहेको छ, यसमा वडाध्यक्षहरूले पनि सरोकारवाला निकायलाई कुनै जानकारी नगराई काम गर्नुभएको छ । म प्रमुख जिल्ला अधिकारीको हिसाबले कुनै पनि वनमा रहेको जग्गाहरू अतिक्रमण गर्न नदिने प्रतिबद्धता जनाउँदछु’
विश्व वातावरण दिवसको अवसर पारेर आइतबार डिभिजन वन कार्यालय बाराले उत्तर झिटकैयास्थित सशस्त्र प्रहरी वल १२ नं गण परिसरमा १५० वटा फलफूलका बिरुवाहरू समेत लगाइएको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण