सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एफबीआई एजेन्ट हुँदा रुसका लागि जासुसी गर्ने खतरनाक जासुसको मृत्यु

मङ्गलबार, २३ जेठ २०८०, ०९ : ४४
मङ्गलबार, २३ जेठ २०८०

एफबीआईका पूर्व एजेन्ट तथा अमेरिकी इतिहासका सबैभन्दा खतरनाक जासुसमध्ये एक रोबर्ट ह्यानसन सोमबार बिहान जेलभित्र मृत भेटिए ।

उनी अमेरिकी सहर फ्लोरेन्सको कोलोराडोस्थित जेलमा बन्द थिए । उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन ।

७९ वर्षीय ह्यानसेनमाथि अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका एजेन्ट हुँदा रुसका लागि जासुसी गरेको आरोप थियो ।

आरोपका अनुसार १२ जनवरी सन् १९७६ मा एफबीआई अधिकारीको रूपमा काम गर्ने ह्यानसेन करिब २० वर्षसम्म सोभियत सङ्घका लागि जासुसी गर्दथे ।

सन् २००२ मा सुनाइयो सजाय

यी वर्षमा ह्यानसेनको रुसी खातामार्फत १४ लाख डलरभन्दा बढी नगद, हिरो र भुक्तानीको रकम ट्रान्सफर गरियो ।

करिब ३०० एजेन्टले ह्यानसनको केसमा काम गरे र सन् २००२ मा उनलाई आजीवन कारावासको सजाय सुनाइयो ।

सोभियत सङ्घका लागि जासुसी गर्दा ह्यानसनले अमेरिकाका थुप्रै परमाणु तथा गोप्य जानकारी रुससँग साझा गरे ।

एफबीआईको वेबसाइटका अनुसार ह्यानसनले ‘थुप्रै ह्युमन सोर्स, काउन्टर इन्टेलिजेन्स प्रविधि, अनुसन्धान, दर्जनौँ गोप्य अमेरिकी सरकारी दस्ताबेज र प्राविधिक कार्यसँग सम्बन्धित अति महत्त्वपूर्ण जानकारीसँग सम्झौता गरे ।’

रंगेहात पक्राउ परेका थिए

सन् १९९४ मा एफबीआईले जासुस एल्ड्रिच हेजेन एम्सलाई पक्राउ गरेपछि पनि जानकारी लिक भइरहेपछि ह्यानसेन शङ्काको घेरामा आएका थिए । त्यसपछि उनी विरुद्ध अनुसन्धान सुरु भयो ।

उनले अवकाश पाउनै लागेका थिए, यस्तोमा एफबीआईले आफ्नो अनुसन्धानलाई तीव्रता दिएको थियो । उनलाई नक्कली असाइनमेन्ट दिइयो । उनको कार्यालयमा हिडन क्यामरा र माइक्रोफोन लगाइयो । यसरी उनी रंगेहात पक्राउ परेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप