६ प्रतिशत आर्थिक वृद्धिदर सम्भव छैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले धेरै कुरामा सुधार गर्न जरुरी रहेको भन्दै भने, ‘अर्थमन्त्रीज्यू तपाईँले भनेजस्तो ६ प्रतिशत आर्थिक वृद्धि दर हासिल हुनेवाला छैन । बिल्कुल हुनेवाला छैन ।’
आर्थिक वृद्धिदर भवितव्यमा भइहाल्ने कुरा नभएको पनि ओलीको भनाइ छ । अध्यक्ष ओलीले बजेट प्रस्तुति नै अशुद्ध हुने र बिचौलिया पस्ने अवस्था रहेको भन्दै यस्ता कुराहरू नियन्त्रण गर्नुपर्ने बताए । उनले कोको बसेर बजेट बनाउन पाइने र नपाइने भनेर आफ्नै नेतृत्वको सरकारले गरेको भन्दै ओलीले तर पछि निषेध गरिएका मान्छेहरू प्रवेश गरेको सुन्दा दुख लागेको बताए ।
‘अर्थमन्त्रीको विरोध गरेको होइन,अर्थतन्त्रको बेहाल भइरहेको छ त्यसप्रति आशु बगाएको हो, जनताको दुखप्रति सजग गराएको हो’, ओलीले भने, ‘एउटा मान्छे छ नियुक्ति गरिएको छ । कसले किन गर्यो ? ’ राष्ट्रपतिले १० जना मान्छे नियुक्त गरे पनि उनीहरू घाम तापेर बस्ने गरेको यता अर्थ मन्त्रालयमा टाइप गर्ने मान्छे अभाव भइरहेको ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण