मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

१९ वर्षकी ‘कुमारी’ गर्भवतीको दाबी – दुष्ट आत्माले गर्भाधान गरायो

मङ्गलबार, २३ जेठ २०८०, १५ : १७
मङ्गलबार, २३ जेठ २०८०

१९ वर्षकी एक गर्भवती युवतीले आफू कहिल्यै पनि पुरुषसँग संसर्गमा नरहेको दाबी गरेकी छिन् । कोलम्बियाकी ती गर्भवती युवतीका अनुसार उनलाई दुष्ट आत्माले गर्भवती बनाएको हो ।

अडिटी सेन्ट्रलका अनुसार कोलम्बियाको एक स्थानीय च्यानल टिभी मालाम्बोसँगको कुराकानीमा आफूलाई अलौकिक शक्तिले गर्भवती बनाएको बताएपछि उनी पछिल्लो समय विवादास्पद बनेकी छिन् । नाम नखुलाइएकी ती युवतीका अनुसार उनले सुरुमा अचम्मको सपना देख्न थालिन्, त्यसपछि आफ्नो कोठामा अलौकिक शक्तिको उपस्थिति रहेको अनुभूति गर्न थालिन् । आफ्नो जीवनमा यस्तो परिवर्तन आएको केही समयपछि महिनावारी रोकिएको र आमाले स्त्रीरोग विशेषज्ञलाई देखाउँदा गर्भवती भएको थाहा पाएको उनले बताइन् । उनी गर्भवती भए पनि आफू कहिल्यै पनि पुरुषको सम्पर्कमा नरहेको र आफू हालसम्म कुमारी नै भएको पनि दाबी गरिन् ।

‘म कोही पनि पुरुषसँगको संसर्गमा थिइनँ तर मेरो महिनावारी अचानक रोकियो । मेरी आमाले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रमा लगिन् । त्यतिबेला म गर्भवती भएको थाहा भयो,’ ती युवतीले भनिन् । 

उनले थपिन्, ‘मलाई थाहा छ, मेरो यस्तो कुरा पत्याउन गाह्रो छ तर म आफैँलाई पनि राम्रोसँग थाहा छैन कि म कसरी गर्भवती भएँ ।’

उनको यस्तो दाबीले सोसल मिडियामा धेरै जना बहसमा उत्रिएका छन् । कतिले ती युवतीले आफ्नो आमाबुवाले आफ्नो चक्करबारे थाहा नपाउन् भनेर कुरा बनाइरहेको बताइरहेका छन् भने कतिले यस्तै खालको कथा अरूको मुखबाट पनि सुनेको भनिरहेका छन् ।

‘उनले वास्तविक कुरा भनिरहेकी छिन्, मैले अरूको मुखबाट पनि यस्तै कथा सुनेको छु,’ एक जनाले कमेन्ट गरेका छन् । ‘उनको आमाबुवाले उनलाई गर्नुपर्ने अन्तिम कुरा भनेको उनलाई घरबाट निकाल्नु हो ।’

कोलम्बियामा १४ देखि १९ वर्षका केटीहरू विश्वका अन्य देशमा भन्दा धेरै गर्भवती हुन्छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप